मुहानपोखरीमा मेडिसिटीको स्वास्थ्य शिविर, १३ जना महिलामा आङ्ग खस्ने समस्या



Download our app to get more features

काठमाडौं, १ फागुन । नेपाल मेडिसिटी हस्पिटलले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मुहानपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उदेश्यले मेडिसिटी हस्पिटलले गृहिणी महिला संघसँगको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
 
वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझी र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहालले शिविरमा सहभागी महिलाहरुको स्वास्थ्य जाँच गरेकी थिइन् ।

डा. रायमाझीले सहभागी महिलाहरुमा स्तन क्यान्सर रोगबाट बच्न के र कस्ता विषयमा ध्यान दिने भन्नेबारे जनचेतना अभिवृद्धिका लागि जानकारीमूलक सामग्री पनि प्रस्तुत गरेकी थिइन् ।
 
शिविरमा सहभागी एक सय जना महिलामा थर्मोकोगुलेसन प्रविधीबाट उपचार गर्दा १३ जनामा आङ्ग खस्ने समस्या, १२ जनामा विभिन्न खाले संक्रमण, ४ जनामा प्रारम्भिक चरणको क्यान्सरको आशंका तथा १ जनामा स्तन क्यान्सरको आशंका गरिएको छ । स्तन क्यान्सरको लक्षण भए÷नभएको आपैmले पत्ता लगाउने तरिका सिकाउँदै डा. रायमाझीले ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सल्लाह दिइन् ।
 
नेपाल मेडिसिटी, नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन, बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा तथा गृहिणी महिला संघ नेपाल, श्री पञ्चेश्वर महिला समाज र शिवपुरी नव जागृत क्लबको संयोजकत्वमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts