मिस युनिभर्स शर्माले कान्तिपुर डेन्टल एण्ड जेनरल हस्पिटलमा पुगेर गराइन् डेन्टल चेकअप



Download our app to get more features

काठमाडौं, ३० माघ । मिस युनिभर्स नेपाल २०२० की विजेता अंशिका शर्माले कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटल पुगेर डेन्टल चेकअप गराएकी छन् ।

कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलको सेवा आफूलाई सन्तोषजनक लाग्ने भएकाले नियमित मुख स्वास्थ्यको परीक्षणका लागि आएको शर्माले बताइत् ।

शर्मासँगै थर्ड रनर अप डा. दिक्ता थापा र फोर्थ रनर अप न्यान्सी खड्काले पनि हस्पिटल पुगेर आफ्ना डेन्टल चेकअप गराएका छन् ।

मिस युनिभर्स नेपाल शर्माले कान्तिपुर डेन्टल हस्पिटलले प्रदान गर्दै आएका डेन्टल सम्बन्धी सेवाहरु निकै नै राम्रो र सन्तोषजनक रहेकाले ढुक्क भएर उपचारका लागि कान्तिपुर डेन्टल हस्पिटल आउन पनि सबैलाई आग्रह गरिन् ।

हस्पिटल पुगेका मिस युनिभर्स र रनर अपहरुको स्वागत हस्पिटलका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले गरेका थिए भने अस्पतालको सेवाबारे पनि उनले जानकारी गराएका थिए । 

कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलले डेन्टल क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सेवा प्रदान गर्दै आएको छ । अन्य क्षेत्रमा झै डेन्टल क्षेत्रमा पनि प्रविधिले फड्को मारेकोले हस्पिटलले म्याक्जिलो फेसियल सर्जरी, डिजिटल डेन्टिस्ट्रि र सीबीसीटी सेवा प्रदान गर्दै आएको छ ।

अरु क्षेत्रमा आधुनिकता आएसँगै डेन्टल क्षेत्रमा पनि टेक्नोलोजिकल एडभान्समेन्ट भएको छ । यसलाई डिजिटल डेन्स्ट्रि भनिन्छ । 

कान्तिपुर डेन्टल हस्पिटलमा क्याट क्याम्पबाट दाँचको जाँच हुन्छ । जसमा मुखको एक्स रे 'थ्री डी' र 'फोर डी' मा गरिन्छ । जसमा मुखको इम्प्रेसन जाँच गर्ने गरिन्छ । तर, यो जाँच विधि क्यामेराले गर्ने हुन्छ । जसको चित्र कम्प्युटरमा देखिन्छ । 

यस्तै कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलमा मात्रै क्रानियो फेशियल सर्जरी हुँदै आएको छ । जसमा दाँत मात्रैको सेप नमिलाएर सम्पूर्ण फेस स्ट्रक्चरको ख्याल राखेर मोडिफाई गरिन्छ ।

यसैगरी हस्पिटलमा स्पेशल निड केयर सेन्टर पनि छ । जहाँ स्पेशल डेन्टल प्रबलम भएकाहरुलाई उपचार गर्ने गरिन्छ ।

Last modified on 2021-02-15 07:46:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts