विश्वभर थपिए ३ लाख ७० हजार ६ सय ७१ नयाँ संक्रमित, निको हुनेको संख्या ८ करोड नजिक



Download our app to get more features

एजेन्सी, २८ माघ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० करोड ७३ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर थप ३ लाख ७० हजार ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० करोड ७३ लाख ८९ हजार ९ सय ९८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर कोरोना भाइरसको संक्रमणका कारण थप १२ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख ४९ हजार १ सय ७१ पुगेको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ७ करोड ९२ लाख ९७ हजार ४ सय ७४ जना स्वस्थ भएका छन् । 

पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै ९० हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ९ सय १० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ७७ लाख ९९ हजार ९ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार ७ सय ७२ रहेको छ ।  

यस्तै बेलायतमा थप १२ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ५२ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३९ लाख ७२ हजार १ सय ४८ पुगेको छ भने १ लाख १३ हजार ८ सय ५० पुगेको छ । 
 

Last modified on 2021-02-11 09:24:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts