विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, २५ माघ । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर थप १० हजार ९ सय ६४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख २० हजार ४ सय ४५ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ७३ हजार ५ सय २८ पुगेको छ । 

यस्तै बेलायतमा थप ८ सय २८ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १२ हजार ९२ पुगेको छ । यस्तै ब्राजिलमा ९ सय ४२, जर्मनीमा ३ सय ३७, मेक्सिकोमा १ हजार ३ सय ६८, रूसमा ४ सय ९७, दक्षिण अफ्रिकामा २ सय ७८, फ्रान्समा १ सय ९१ तथा इटलीमा ३ सय ८५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ४ लाख १९ हजार ५ सय ४७ नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १० करोड ६३ लाख ४२ हजार ८ सय ६५ पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ७ करोड ७९ लाख ८० हजार १ सय ६३ जना स्वस्थ भएका छन् भने हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ५८ लाख ९६ हजार ९ सय ३४ रहेको छ ।

Last modified on 2021-02-07 12:00:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts