वुहानको सामुद्रिक खानामा कोरोना भाइरस फेला परेको डब्लूएचओको भनाइ



Download our app to get more features

एजेन्सी, २५ माघ । विश्व स्वास्थ्य संगठनले चीनको वुहान शहरको सामुद्रिक खानामा कोरोना भाइरस फेला परेको बताएको छ ।

कोरोना भाइरसको विषयमा अध्ययन गर्न चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठनको उच्च स्तरीय वैज्ञानिकहरुको टोलिले वुहानको सामुद्रिक खानको बजारमा राखिएको खानामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अनुमान गरेको छ ।

विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको बीबीसीले लेखेको छ ।

कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त समाचारमा जनाइएको छ । 

चीनको वुहानमा सन् २०१९ को डिसेम्बरमा यो संक्रमण पहिलो पटक फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन ।

हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तरपनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।

Last modified on 2021-02-07 12:00:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts