विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या साढे १० करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, २३ माघ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या साढे दश करोड नाघेको छ ।

सन् २०१९ को डिसेम्बर ३१ बाट सुरु भएको कोरोना महामारीका कारण गत २४ घन्टामा विश्वभर थप ४ लाख ९९ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् । 

वर्ल्ड मिटरको तथ्यांक अनुसार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० करोड ५४ लाख १४ हजार ८ सय १६ पुगेको छ ।

हालसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा मात्रै कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ७२ लाख ७३ हजार ८ सय ९० रहेको छ । 

यस्तै दक्षिण एसियाली मुलुक भारतमा हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या १ करोड ८० लाख ३ हजार ५ सय ३३ पुगेको छ ।  

यस्तै गत २४ घन्टामा विश्वभर कोरोना भाइरसको संक्रमणका कारण थपि १४ हजार १ सय ३८ जनाको मृत्यु भएको छ । 

वर्ल्ड मिटरको तथ्यांक अनुसार योसँगै विश्वभर कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २२ लाख ९४ हजार ४ सय १२ पुगेको छ ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ५९ लाख २२ हजार ३ सय ६ रहेको छ भने हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ७ करोड ७० लाख ९३ हजार ४ सय ५१ जना स्वस्थ भएका छन् ।

Last modified on 2021-02-06 06:54:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts