विश्वभर थप ४ लाख ३९ हजारभन्दा बढीमा कोरोना पोजेटिभ, निको हुनेको संख्या ९७ प्रतिशत
एजेन्सी, २१ माघ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० करोड ४० लाख नाघेको छ ।
वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर थप ४ लाख ३९ हजार २ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० करोड ४३ लाख ९१ हजार १ सय ८७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप १४ हजार ४ सय २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ लाख ६२ हजार ७ सय ३३ पुगेको छ ।
यस्तै हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ७ करोड ६२ लाखभन्दा बढी स्वस्थ भएका छन् । वर्ल्ड मिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ करोड ६२ लाख ४६ हजार ५ सय ४२ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो ।
यस्तै हाल विश्वभर कोरोनाको सक्रिय संक्रमितको संख्या २ करोड ५८ लाख ७६ हजार ४ सय ५२ रहेको छ ।
गत २४ घन्टामा अमेरिकामा सबैभन्दा बढी १ लाख १० हजार ७ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना महामारीका कारण विश्कै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ७० लाख २७ हजार ३ सय ४७ पुगेको छ भने ४ लाख ५७ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा गत २४ घन्टामा ११ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय १३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १ करोड ७ लाख ७८ हजार २ सय ६ पुगेको छ भने १ लाख ५४ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ ।
कोरोना महामारीका कारण युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा भने गत २४ घन्टामा थप १६ हजार ६ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३८ लाख ५२ हजार ६ सय २३ पुगेको छ भने १ लाख ८ हजार १३ जनाको मृत्यु भइसकेको छ ।