भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि हातपात गर्नेलाई कारबाही गर्न एनएमएको माग

What's This?


Download our app to get more features

काठमाडौं, २० माघ । नेपाल चिकित्सक संघ (एनएमए) ले भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि हातपात गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । 

संघले सोमवार विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा कार्यरत डाक्टर विपिन आचार्य र नर्स देवा जिसीमाथि ड्यूटीमै खटिएको बेला हातपात गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

सोमवार माघ १९ गते ज्ञानेन्द्र शाही र उनका आसेपासेहरुबाट अस्पतालको ड्यूटीमा खटेको बेला डाक्टर विपिन र नर्स देवामाथि हातपात गरेको भन्दै संघले यथाशिघ्र कारबाही गर्न सरकारसँग माग गरेको छ ।

कोरोना महामारीका बेला पनि बेला बेला चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले हामी असुरक्षित भएको भन्दै संघका महासचिव डा.बद्री रिजालले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमाथि हुने यस्ता व्यवहार तत्काल रोक्न आग्रह गरे ।

उनले स्वास्थ्यकर्मी नै असुरक्षित हुँदा काम गर्ने वातावरण नभएको हुँदा उनीहरुको सुरक्षाको ग्यारेन्टी गर्न पनि सरकारसँग माग गर्दै दोषीमाथि कडा कारबाही गर्न पनि माग गरे ।

Last modified on 2021-02-03 07:34:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts