राजभाइको साढे तीन करोड दानले बन्दै छ शिर मेमोरियलको बहिरङ्ग सेवा भवन

What's This?


Download our app to get more features

स्थानीय राजभाइ प्रधानले बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरङ्ग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु तीन करोड ५० लाख सहयोग गर्नु भएको छ। ७९ वर्षीय राजभाई प्रधानले आफ्नो आमाबुबाका नाममा बहिरङ्ग भवनको दुई तलासम्म निर्माण गर्न उक्त रकम दिनुहुने भएको हो।

शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरङ्ग सेवाका लागि यही २१ कात्तिकमा नयाँ भवनको शिलान्यास भएको छ  । ६५ वर्ष अघि बनेपामा स्थापना भएको अस्पताल परिसर भित्र राजभाई प्रधानका मामा ९१ वर्षीय तत्तराज वन्तले भवन निर्माणको शिलान्यास गर्नु भयो।

राजभाइ प्रधानले आठ वर्ष अघि नै अस्पतालका लागि भवन निर्माण गर्ने योजना बनाउनु भएको हो। नक्सा निर्माण एवं नक्सा पासलगायत प्राविधिक कारणले केही वर्ष ढिला भएको बताइएको छ।

चार तल्लाको भवन निर्माणका लागि ५ करोड ५० लाख खर्च लाग्ने छ । पहिलो चरणमा दुई तल्लाको भवन निर्माण उहाँले गरी दिने हुनुभएको छ। बाँकी तला कि अस्पतालले आफै  बनाउने वा राजभाइले बनाई दिने समझदारी  भएको अस्पतालले जनाएको छ। अस्पतालको उक्त  भवन  दुई तला सम्पन्न गर्न ३ करोड ५० लाख  लाग्ने खर्च हुने अनुमान गरिएको छ।

अस्पतालका  अनुसार भवनको पहिलो तल्लाको ३१५९ वर्ग फिट हुनेछ र बहिरङ्ग सेवाका सबै उपचार सेवा   उक्त भवन दिइने छ। बनेपा नगरपालिकाले भवन निर्माणको आवश्यक प्रक्रिया पुरा गरे पछि भवन निर्माण कार्य सुरु हुनेछ ।

शिर मेमोरियल अस्पताल बनेपाले २०४८ सालमा करिब १७ रोपनी जमिन खरिद गरेको थियो । बनेपाका स्थानीय समाजसेवीहरूले स्थापनाकालमा १४ रोपनी २ आना जग्गा दान गरेका थिए । बहिरङ्ग भवन निर्माण भने अस्पतालले खरिद गरेको जग्गामा बन्न लागेको हो  । पैसठ्ठी वर्षअघि बनेपामा स्थापित यो अस्पताल काभ्रेपलान्चोकको सबैभन्दा पुरानो अस्पताल हो ।

शिलान्यास कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा राजेश गङ्गोल, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारी, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टर गायरस, प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापा मगरलगायतले प्रधानको सहयोगको प्रशंसा गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts