बहराइनमा कार्यरत नेपालीलाई कोरोना विरुद्धको खोप निःशुल्क



Download our app to get more features

काठमाडौं, १८ माघ । बहराइन सरकारले कार्यरत नेपालीलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । खोप लागाउन बहराइन सरकारले समयमै आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । 

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्र लिएको र उनमा कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले समयमै बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन अनुरोध पनि गरेको छ । खोप आए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न र अन्य स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts