विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ लाख नाघ्यो
एजेन्सी, १६ माघ । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ ।
गत २४ घन्टामा विश्वभर कोरोना भाइरसको संक्रमणका कारण थप १५ हजार ७ सय ६९ जनाको मृत्यु भएसँगै विश्वभर मृत्यु हुनेको संख्या २२ लाख नाघेको हो । वर्ल्ड मिटरको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ लाख ६ सय ९८ पुगेको छ ।
गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ३ हजार ५ सय ८ जनाको मृत्यु भएको छ । अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । योसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार ७ य ६९ पुगेको छ ।
यस्तै मेक्सिकोमा थप १ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । योसँगै मेक्सिकोमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५५ हजार १ सय ४५ पुगेको छ ।
यसैगरी ब्राजीलमा १ हजार ४ सय ३९ जना, रुसमा ५ सय ७५ जना, स्पेनमा ५ सय १५ जना, इटलीमा ४ सय ९२, जर्मनीमा ८ सय ६२ जना, कोलम्बियामा ३ सय ९० जना, दक्षिण अफ्रिकामा ५ सय ५५ जना, पोल्यान्डमा ३ सय ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै गत २४ घन्टामा थप ५ लाख ८० हजार ९ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० करोड २ लाख २७ हजार ५ सय ७५ पुगेको छ ।
हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या ७ करोड ३८ लाख ५७ हजार ९ रहेको छ भने सक्रिय संक्रमिको संख्या २ करोड ५८ लाख ६० हजार ३१ रहेको छ ।
गत २४ घन्टामा ब्राजीलमा ६० हजार ३ सय १, स्पेनमा ३४ हजार ८ सय ९९ जना, बेलायतमा २८ हजार ५सय ८० जना, फ्रान्समा २३ हजार ७ सय ७० जना नयाँ संक्रमित थपिएका छन् ।