बेलायत युरोपको पहिलो मुलुक जहाँ कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो



Download our app to get more features

बेलायत, १४ माघ । बेलायतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ ।

बेलायत सरकारका अनुसार गत २४ घन्टामा बेलायतमा थप १ हजार ५ सय ३१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख १ सय ६२ पुगेको छ ।

बेलायत विश्वकै पाँचौ र युरोपको पहिलो मुलुक बनेको छ, जहाँ कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ ।

यसअघि कोरोनाका कारण एक लाखभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिको रहेको छ ।

यस्तै गत २४ घन्टामा बेलायतमा थप २० हजार ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बेलायतमा पछिल्लो समय देखिएको कोरोनाको नयाँ प्रकारका कारण सङ्क्रमण दर बढ्दै गएको छ । नयाँ सङ्क्रमित थपिएसँगै बेलातमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३६ लाख ८९ हजार ७ सय ४६ पुगेको छ ।

Last modified on 2021-01-27 16:01:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts