कोरोना खोपका विषयमा आत्म केन्द्रीत नबन्न एस्ट्रोजेनेकाको आग्रह



Download our app to get more features

एजेन्सी, १३ माघ । अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्रोजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ । 

एस्ट्रोजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वर्ल्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताए ।  

ुकोभिड–१९ विरूद्धको खोपको आगमन विश्वव्यापी खुशी मनाउनको लागि एक आधार हुनसक्दछ तर खोपका लागि आत्म केन्द्रीत व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो उनले भने । विश्वव्यापी रूपमा भन्नुपर्दा हामी यो महामारीको लागि अझ राम्रो तयारी गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छ ।

सोरियटले भने कोरोनाभाइरसले २० लाखभन्दा बढी व्यक्तिको ज्यान लिएको छ तर यसले अन्तर्राष्ट्रिय सहकार्यका लागि आँखा खोलिदिएको छ । विश्वका धेरै देशमा सरकारी तथा निजी क्षेत्रलाई समन्वय गरी अघि बढ्न यसको पाठ ग्रहणीय छ । 
 औद्योगिकिकरण भएका विश्वका प्रमुख राष्ट्रहरूले रोकथामका लागि स्वास्थ्यक्षेत्रको मात्रै तीन प्रतिशत रकम खर्चिन सुखद् नभएको उनले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts