विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघ्यो, ७ करोडभन्दा बढी स्वस्थ



Download our app to get more features

एजेन्सी, १० माघ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघेको छ । 

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर कोरोनाका कारण १५ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख १४ हजार ६ सय २० पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ४६ हजार ४ सय ६४ जनामा  कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ८७ लाख १२ हजार ७ सय ९१ पुगेको छ । 

यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ७ करोड ८९ लाख ५ हजार ८ सय ८३ पुगेको छ । हाल विश्वभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख २ हजार २ सय ८२ रहेको छ । 

कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मात्रै २ करोड ५३ लाख ९० हजार ४२ सङ्क्रमित रहेका छन् भने ४ लाख २४ हजार १ सय ७७ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १ करोड ५२ लाख २२ हजार ७ सय १९ जना स्वस्थ भएका छन् । 

यस्तै कोरोना सङ्क्रमणका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ६ लाख ४० हजार ५ सय ४४ जना सङ्क्रमित भएका छन् भने १ लाख ५३ हजार २ सय २१ जनाको मृत्यु भएको छ । जबकी भारतमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ करोड ३ लाख ६३ रहेको छ । 

कोरोना महामारीका कारण ब्राजिलमा हालसम्म ८७ लाख ५५ हजार १ सय ३३ जना सङ्क्रमित भएका छन् भने २ लाख १५ हजार २ सय ९९ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो समय देखिएको कोरोनाको नयाँ प्रकारका कारण युरोपिय मुलुकहरु बढी प्रभावित बनेका छन् । जसमा रूस, बेलायत, फ्रान्स, स्पेन, इटली, टर्की, जर्मनी लगायतका रहेका छन् ।

Last modified on 2021-01-23 12:34:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts