बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा
बेलायत, २१ पुस । बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले सोमवार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको सङ्क्रमणको दर बढ्दै गएपछि दोहोर्याएर लकडाउनको घोषणा गर्नुपरेको बताएका थिए ।
प्रधानमन्त्री जोनसोनले लकडाउनको घोषणा गर्दै सबै नागरिकलाई घरमै बस्न र अनावश्यक घरबाट बाहिर नस्किन पनि आग्रह गरे ।
उनले बेलायतका चीफ मेडिकल अधिकारीहरुलाई कोभिड अलर्ट लेभल ५ गरिदिन सुझाव पनि दिएका छन् । कोरोनाको नयाँ प्रकारले बेलायतमा पछिल्लो समय दिनकै ३० देखि ३५ हजारका दरले नयाँ संक्रमित थपिँदै गएका छन् ।
आजबाट लागू हुने लकडाउन फरवरीसम्म जारी रहने बताइएको छ ।
बेलायतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रकार फैलिएपछि तीव्र गतिमा संक्रमण बढ्न थालेको छ । हालसम्म कोरोनाका कारण बेलायतमा संक्रमित हुनेको संख्या २७ लाख १३ हजार ५ सय नाघेको छ ।