इटालीमा पहिलोभन्दा कोरोनाको दोस्रो लहर झन खतरनाक



Download our app to get more features

 एजेन्सी, ११ पुस । इटालीमा कोरोना भाइरसको दोस्रो लहर पहिलोभन्दा झन खतरनाक देखिएको छ । छोटो समयमै दोस्रो लहरमा मर्नेको संख्या पहिलो लहरमा मरेका बराबर पुगेको छ । 

इन्स्टिच्यूट फर इन्टरनेसनल पोलिटिकल स्टडिजका अनुसार सेप्टेम्बर १ देखि डिसेम्बर २५ सम्ममा ३५ हजार ४ सय १७ कोरोना संक्रमितको मृत्यु भएको छ । 

डिसेम्बरमा पनि प्रतिदिन मृतक संख्या बढेर ६ सय देखि ८ सयसम्म पुगेको छ । संक्रमण फैलावटलाई रोक्न इटालीमा क्रिस्टमसदेखि नयाँ वर्षसम्म पनि यात्रामा प्रतिबन्ध लगाइएको छ । 
स्थानीय स्वास्थ्य पूर्वाधारमा सुधार नगरिनु कारक रहेको मिलान मेडिकल एसोसिएसनका निर्देशक कार्लो अल्बर्टो रोजीले बताए । स्थानीय स्वास्थ्य प्रणालीलाई पर्याप्त सुधार गरिएको नगरिएके कारण यस्तो समस्या आएको उनले बताए ।

 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts