विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९७ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, १० पुस । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९७ लाख नाघेको छ । 

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा विश्वभर थप ६ लाख ४५ हजार ६ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९७ लाख २९ हजार १ सय २१ पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप ११ हजार ५ सय ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७ लाख ४९ हजार ३ सय ४० पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ६१ लाख २५ हजार ७ सय ५८ जना स्वस्थ भएका छन् । यस्तै हाल विश्वभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड १८ लाख ५४ हजार २३ रहेको छ ।

कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मात्रै कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ९१ लाख ११ हजार ३ सय २६ पुगेको छ । यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ लाख ३७ हजार ६६ पुगेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १ करोड १२ लाख १९ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

यस्तै कोरोना सङ्क्रमणका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ७ हजार ६८ पुगेको छ भने हालसम्म कोरोनाका कराण मृत्यु हुनेको सङ्ख्या एक लाख ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ९ करोड ७१ लाख ७१ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

Last modified on 2020-12-25 22:23:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts