कुवेतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने
एजेन्सी, ९ पुस । कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको बीबीसीमा उल्लेख छ ।
खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिए । उनले एक/एक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने बताए । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्य मन्त्री सबाहले बताए ।