अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको खोप लगाए 



Download our app to get more features

एजेन्सी, ७ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले खोप लगाएको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो। 

बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिएकी छिन् ।

यसअगाडि शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै कोरोनाविरुद्धको खोप लिएका थिए। पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि खोप लगाएका थिए ।

आफूले खोप लगाउँदा पत्तै नपाएको बताउँदै पेन्सले खोप मेडिकल चमत्कार भएको बताए । इतिहासमा यो साता कोरोना महामारीको अन्त्यको सुरुवात भएको साताका रुपमा रहने पेन्सले बताए।

Last modified on 2020-12-22 12:57:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts