विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो, ७ करोड ७७ लाखभन्दा बढी संक्रमित



Download our app to get more features

एजेन्सी ७ पुस । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा विश्वभर थप ८ हजार ५ सय ८४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८ स य ३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ५ लाख ५ हजार ५ सय ४८ नयाँ संक्रमित विश्वभर थपिएका छन् । वर्ल्ड मिटरको तथ्यांक अनुसार विश्वभर नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७ करोड ७७ लाख १३ हजार ३ सय ६५ पुगेको छ । 

यस्तै हाल विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ करोड १४ लाख ३९ हजार ९ सय ४५ रहेको छ । 

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ५ करोड ४५ लाख ८८ हजार ९ सय ४९ जना स्वस्थ भएका छन् ।

कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मात्रै संक्रमितको संख्या १ करोड ८४ लाख ७३ हजार ७ सय १६ पुगेको छ भने ३ लख २६ हजार ७ सय ७२ जनाको मृत्यु भइसेको छ । 

यस्तै कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा भने हालसम्म संक्रमितको संख्या एक करोड ७५ हजार ४ सय २२ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ४६ हजार १ सय ४५ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts