बेलायतमा देखिएको नयाँ कोरोना भाइरस ७० प्रतिशत शक्तिशाली, संक्रमण तीव्र गतिमा फैलिँदै



Download our app to get more features

एजेन्सी, ७ पुस । बेलायतमा देखिएको कोरोना कोरोना भाइरस ७० प्रतिशत शक्तिशाली रहेको पाइएको छ ।

बेलायतमा देखिएको कोरोना संक्रमण फेरि बढ्नुमा भाइरसको नयाँ स्वरुप जिम्मेवार रहेको विज्ञहरुले बताएका छन् । बेलायती वैज्ञानि र अध्ययनकर्ताहरुका अनुसार नए स्ट्रेनमा पहिलेको तुलनामा प्रसारण गराउने क्षमता निकै उच्च रहेको छ । यसको अर्थ पहिलेको कोरोना भाइरसभन्दा अहिले देखिन थालेको कोरोना संक्रमणले तीव्र गतिमा संक्रमण फैलाइरहेको छ । 

विशेषज्ञहरुले कोरोना विरुद्धको खोप नागरिकलाई दिएको र त्यसले नयाँ भाइरस विरुद्ध काम गर्न सक्ने भन्दै नयाँ स्ट्रेन विरुद्ध लड्नमा र शरीरमा राम्रो प्रभाव देखाउने बताएका छन् । बेलायतमा कोरोनाको नयाँ स्ट्रेन देखिएपछि बेलायत सरकारले त्यहाँ क्रिसमस र नयाँ वर्षमा कडाईं गर्ने भएको छ ।

डेली मेलको रिपोर्ट अनुसार नयाँ स्ट्रेनको बारेमा सेप्टेम्बर २० मा नै अध्ययन सुरु भएको थियो । जुन बेला बेलायतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै थियो । नयाँ स्ट्रेन जीनोममा १७ परिवर्तन देखिएको छ । जुन तुलनात्मक रुपमा बढी हो । परिवर्तनका लाथि भाइरस खतरनाक रहेको र पहिलेको तुलनामा ७० प्रतिशत बढी शक्तिशाली रहेको र संक्रमण फैलाउनमा पनि बलियो रहेको बताइएको छ । 

पहिलेको कोरोना भाइरस ५० प्रतिशतसम्म मात्रै शक्तिशाली रहेको र नयाँ स्ट्रेन तुलनात्मक रुपले बढी शक्तिशाली हुँदा त्यसले बेलायतमा भयावह स्थिति निम्तिन सक्ने पनि विज्ञहरुले बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts