अमेरिकामा कोरोना प्रभावितका लागि नौ खर्बको नयाँ राहत प्याकेजमा सहमति



Download our app to get more features

 बीबीसी, ६ पुस । कोरोना प्रभावितका लागि अमेरिकामा झण्डै नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याइएको छ ।

महिनौँदेखिको खिचातानीपछि अमेरिकी सांसदहरू राहत प्याकेज ल्याउन सहमत भएका बीबीसीले उल्लेख गरेको छ । व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि त्यसमा रकम समेटिएको छ । आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने छ ।

यो महिनाको अन्त्यतिर कोभिड–१९ सँग सम्बन्धित धेरैजसो सहायता कार्यक्रमको म्याद सकिन लागेका बेला पछिल्लो सहमति भएको हो । बेरोजगार नागरिकले पाउने सुविधामा पहुँच पाउनबाट झण्डै एक करोड २० लाख अमेरिकी नागरिकहरू वञ्चित हुन लागेका थिए ।

गएको बिहीबार सार्वजनिक तथ्याङ्कअनुसार गएको हप्ता आठ लाख ८५ हजार बेरोजगार नागरिकले आफूले पाउने सुविधाका लागि आवेदन दिएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts