मोडर्नाले बनाएको कोरोना विरुद्धको खोप आजबाट अमेरिकी नागरिकलाई लगाइँदै



Download our app to get more features

एजेन्सी, ६ पुस । अमेरिकामा आजबाट मोर्डना एन्कले विकास गरेको कोरोना विरुद्धको खोप नागरिकलाई लगाइँदैछ । 

अमेरिकाको रोग नियन्त्रण एवं निवारण केन्द्रका अनुसार हालसम्म  ५ लाख ५६ हजार सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ । कोरोना विरुद्धको खोप लगाउनेमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स, हाउस स्पीकर नैन्सी पेलोसी, सीनेट मेजोरिटी लीडर मिच म्याककोनेल पनि रहेका छन् । यस्तै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले भने आज कोरोना विरुद्धको खोप लगाउने छन् । 

यस्तै कोरोना महामारीसँग लड्नका लागि बनाइएको विज्ञहरुको एक समितिले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसर आवश्यक सेवामा खटिएका व्यक्तिहरु (फायरफाइटर्स, शिक्षक र किराना पसलका व्यक्ति) लाई हाललाई कोरोना विरुद्धको खोप नलगाउन भनेको छ । अमेरिकामा हाल फाइजरले विकास गरेको कोरोना विरुद्धको खाप सर्वसाधारणलाई दिइँदैछ । 

अमेरिकी फूड एनड ड्रग्स एडमिनिस्ट्रेशन (एफडीए) ले फाइजरपछि मोडर्नाले बनाएको कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएपछि आजबाट सर्वसाधारणलाई लगाउन थालिएको हो । मोडर्नाको खोप आजबाट लगाउने भएपछि विज्ञ समुहले मापदण्ड तय गरेको छ । मोडर्नाको खोप हिजै खोप केन्द्रहरुमा पुर्याइएको छ ।

मोर्डनाको खोप ५ लाख ९ हजार डोज नागरिकलाई दिइने तयारी भएको छ । 

फाइजर र बायोएनटेक पछि कोरोना विरुद्धको खोप बनाउने दोस्रो कम्पनी मोडर्ना हो । जसले अमेरिकामा अनुमति पाएको हो ।

कोरोना महामारीका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts