सार्वजनिक स्थानमा मास्क नलगाएपछि चिलीका राष्ट्रपतिले तिरे ३ लाखभन्दा बढी जरिवाना
एजेन्सी, ५ पुस । चिलीका राष्ट्रपतिलाई मास्क नलगाएको भन्दै जरिवाना गरिएको छ ।
समुद्री किनारमा एक जना महिलासँग मास्क नलगाई मोबाइलमा फोटो खिचाएको भन्दै उनलाई जरिवाना गराइएको हो । चिलीका राष्ट्रपति सेबस्टियन पिनेरा आफ्नो घर नजिकै रहेको समुद्र नजिकै घुम्न गएको बेला एक जना महिलाले उनलाई सेल्फी खिच्नका लागि आग्रह गरेकी थिइन् ।
सेल्फी खिच्ने क्रममा राष्ट्रपति पिनेरा र ती महिला दुबै जनाले मास्क लगाएका छैनन् । जसले गर्दा राष्ट्रपतिको आलोचना गरिएको छ । चिलीमा सार्वजनिक स्थानहरुमा जनस्वास्थ्य सम्बन्धी मापदण्डको उल्लघंन गर्नेलाइै जरिवाना र जेल सजायको प्रावधान गरिएको छ ।
सोही अनुसार राष्ट्रपति पिनेरालाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना गराइएको हो । चिलीमा हालसम्म कोरोनाका कारण ५ लाख ८१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।