बेलायतमा देखिएको नयाँ कोरोना भाइरसारे अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन



Download our app to get more features

बीबीसी, ५ पुस । ब्रिटेनमा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार वा 'नयाँ भेरीअन्ट'बारे ब्रिटिश अधिकारीहरूसँग छलफल भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ ।

ब्रिटिश सरकारका अनुसार यो नयाँ प्रकार अहिले लन्डनमा देखिएका अधिकांश सङ्क्रमितमा फेला परेको छ ।

नयाँ प्रकारको कोरोनाभाइरस साविकको भन्दा ७० प्रतिशत धेरै सङ्क्रामक हुने ठानिएपछि त्यसको सङ्क्रमणको गति नियन्त्रण गर्न ब्रिटिश सरकारले राजधानी लन्डन तथा वरपरका क्षेत्रमा कडा लकडाउनको घोषणा गरेको छ ।

क्रिसमस पर्वको बेला कोभिड नियन्त्रणका लागि गरिने कडाइ खुकुलो पारिने यसअघिको योजना अब उल्ट्याइएको छ ।

इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस ह्विटीले नयाँ प्रकारको कोरोनाभाइरस थप घातक भएको चाहिँ कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

नयाँ म्यूटन्ट स्ट्रेन अर्थात् उत्परिवर्तित प्रकारको एउटा मामिला आफ्नो देशमा पनि भित्रिएको पाइएपछि नेदरल्यान्ड्सले ब्रिटेनबाट आउने यात्रुवाहक विमानसेवामा रोक लगाएको छ ।

के भने प्रधानमन्त्री जोन्सनले ?
प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीटमा बोल्दै थप कडिकडाउका समाचार निराश पार्ने खालका भएपनि त्यसको विकल्प नभएको बताएका छन् ।

"जब भाइरसले आफ्नो प्रकार बदल्छ तब हामीले पनि आफ्नो रक्षाका तरिका बदल्नुपर्छ," उनले भने ।

अहिले अत्यन्त कठिन समय भएपनि खोपका कारण आगामी वर्षको ईस्टर पर्वको समयमा स्थिति निकै सुध्रिसक्ने उनले बताए ।

प्रधानमन्त्री जोन्सनले नयाँ विश्लेषणहरूबाट नयाँ प्रकारको भाइरसले सङ्क्रमणको गति नाप्ने 'आर नम्बर' ०.४ को अनुपातले बढाइदिन सक्ने ठानिएको बताए ।

अझै 'निकै अनिश्चय' बाँकी भएपनि यो नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशत छिटो फैलिन सक्ने ठानिएको पनि उनले बताए ।

भाइरसमा यस्ता खालका परिवर्तन आउनु सामान्य मानिन्छ। सुरुमा वुहानमा देखा परेयता कोरोनाभाइरसमा हजारौँ परिवर्तन भइसकेको बताइन्छ ।

लन्डनमा देखिएको पछिल्लो परिवर्तनले सङ्क्रमणलाई बढाइरहेका केही सङ्केत देखा परेको स्वास्थ्य संवाददाता निक ट्रिगलको भनाइ छ ।

नोभेम्बरको मध्यसम्म लन्डनका २८ प्रतिशत मामिलामा यो नयाँ प्रकारको भाइरस देखिएको थियो भने अहिले त्यो सङ्ख्या ६० प्रतिशत नाघेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts