इजराइली प्रधानमन्त्री नेतन्याहूले लगाए कोरोना विरुद्धको खोप



Download our app to get more features

एजेन्सी, ५ पुस । इजराइलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

प्रधानमन्त्रीले कोरोना विरुद्धको खोप लगाएको इजराइलको एक राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । शनिवार उनले कोरोना विरुद्धको खोप लगाएका हुन् । 

नेतन्याहू कोरोना भाइरसको खोप लगाउने पहिलो व्यक्ति पनि हुन् । यसका साथै उनी कोरोना विरुद्धको खोप लगाउने विश्वकै केही व्यक्तिमध्येका पनि हुन् ।

यस्तै आजदेखि इजराइलका स्वास्थ्यकर्मी र नर्सिङ होममा काम गर्ने मेडिकल स्टाफलाई पनि कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । खोप लगाइसकेपछि प्रधानमन्त्री नेतन्याहूले अन्य व्यक्तिहरुलाई खोप लगाउनका लागि प्रेरित गर्न आफूले कोरोना विरुद्धको खोप लगाएको बताए ।

कोरोना विरुद्धको खोपको असरबारे केहिबेरमा उनी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts