एसियाली देशमा कोरोनाको खोप आउन एक वर्ष लाग्न सक्ने



Download our app to get more features

एजेन्सी, ३ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसियाली क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ ।

डब्ल्यूएचओले एसियामा तत्काल खोप पाउने सम्भावना कम रहेको र ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो । 
खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले ढिला हुने डब्ल्यूएचओको भनाइ छ ।  त्यसैगरी खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ(ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।  

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेका बताए । एसिया क्षेत्रका देशले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको उनले बताएका छन ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts