फ्रान्सका राष्ट्रपति इम्यानुएलमा कोरोना संक्रमण पुष्टि, सात दिनका लागि आइसोलेसनमा
एजेन्सी, २ पुस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन कोरोना पोजेटिभ भएका छन् ।
राष्ट्रपति कार्यालयले राष्ट्रपति म्याक्रोनमा बिहीवार कोरोना पुष्टि भएको पुष्टि गरेको छ ।
४२ वर्षीय राष्ट्रपति म्याक्रोनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पिसिआर परीक्षण गराएका थिए । जसमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उनमा कोरोनाको कस्तो खालको लक्षण देखिएको थियो त्यस विषयमा भने खुलाइएको छैन । तर, कोरोना संक्रमण पुष्टि भएपछि उनले आफूलाई सात दिनका लागि आइसोलेसनमा राख्ने बताएका छन् । उनी आइसोलेसनबाट आफ्ना नियमित कामहरु गरिरहेका थिए ।
राष्ट्रपतिमा कोरोना पुष्टि भएपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि आइसोलेट भएका छन् ।
Last modified on 2020-12-17 18:48:10