विश्वभर कोरोनाको सक्रिय संक्रमितको संख्या २ करोड ५ लाखभन्दा धेरै, निको हुने दर ९७ प्रतिशत
एजेन्सी, २ पुस । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ करोड ४० लाख नाघेको छ ।
वर्ल्ड मिटरको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ८४ हजार १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ४५ लाख २६ हजार ८ सय ६ पुगेको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर १३ हजार १ सय ७७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ५५ हजार ४ पुगेको छ ।
हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ५ करोड २३ लाख ६३ हजार १० जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो ।
यस्तै हाल विश्वभर कोरोनाको सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख ८ हजार ७ सय ५२ रहेको छ भने संक्रमितमध्ये एक लाख ७ हजार ५ सय २५ जना गम्भीर बिरामी रहेका छन् ।