२४ घन्टामा विश्वभर थप १२ हजार १ सय ३९ जनाको मृत्यु

५ लाख ५८ हजारभन्दा बढीमा संक्रमण पुष्टि



Download our app to get more features

एजेन्सी, १ पुस । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ लाख ४० हजार नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप १२ हजार १ सय ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्भवर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ४० हजार १ सय ३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ५ लाख ५८ हजार ७ सय ९६ मा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्ड मिटरको तथ्यांक अनुसार योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ करोड ३७ लाख ६२ हजार २ सय ७८ पुगेको छ ।
 
यस्तै हाल विश्वभर ५ करोड १७ लाख ८१ हजार ५ सय १७ जना संक्रमणमुक्त भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ३ लाख ४० हजार ६ सय २७ रहेको छ । 

कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोनाका कारण एक करोड ७१ लाख ४३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यस्तै ३ लाख ११ हजारभन्दा बढीको मृत्यु भएको छ । 

यस्तै विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक भारतमा हालसम्म ९९ लाख ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Last modified on 2020-12-16 09:30:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts