भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघ्यो, ९४ लाखभन्दा बढी स्वस्थ
एजेन्सी, ३० मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ हजार ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ९९ लाख ६ हजार ५ सय ७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ३ सय ५३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४३ हजार ७ सय ४६ पुगेको छ ।
यस्तै भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये हालसम्म ९४ लाख २१ हजार ८ सय ३२ जना स्वस्थ भएका छन् ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या ३ लाख ४० हजार ९ सय २९ रहेको छ ।