उत्तर प्रदेशमा डाक्टरले १० वर्षभन्दा पहिले जागिर छोडे १ करोड जरिवाना तिर्नुपर्ने



Download our app to get more features

भारत, २९ मंसिर । भारतको उत्तर प्रदेशमा डाक्टहरुका लागि कडा नियम बनाइएको छ ।

उत्तर प्रदेश सरकारले डाक्टरहरुले डिग्री प्राप्त गरिसकेपछि कम्तिमा १० वर्ष काम गर्नुपर्ने र त्यो भन्दा पहिले जागिर छोडेमा एक करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बनाएको छ ।

उत्तर प्रदेश सरकारका अनुसार पोस्ट ग्रेजुएट गरिसकेका डाक्टरहरुका लागि यो नियम लागू गरिएको हो ।
 
डाक्टरहरुले यदि यसबीचमा जागिर छोड्यो भने एक करोड रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । यस्तै सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरुका लागि नीटमा छूटको व्यवस्था पनि गरिएको छ । जसले सरकारी अस्पतालमा काम गर्ने विशेषज्ञ डाक्टरहरुको कमीलाई पूरा गर्न सकिन्छ ।
 
सरकारद्वारा जारी गरिएको नियममा विदेश जाने डाक्टरको हकमा नो अब्जेक्सन लेटर (एनओसी) जारी नगरिने पनि उल्लेख गरिएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts