अस्ट्रेलियाको कोभिड खोप ट्रायलमा 'एचआइभी पोजेटिभ’ देखिपछि स्वदेशी खोप किन्ने निर्णय रद्द
एजेन्सी, २६ मंसिर । अस्ट्रेलियाको एक कम्पनीले विकास गरिरहेको कोरोना विरुद्धको भ्याक्सिन किन्ने निर्णय अस्ट्रेलियाले रद्द गरेको छ। खोपको परीक्षणमा सहभागी भएकाहरूमा एचआइभीको रिपोर्ट फल्स पोजेटिभ’ देखिएको सार्वजनिक भएको भन्दै अस्ट्रेलियाले खोप किन्ने निर्णय रद्द गरेको हो।
अस्ट्रेलियास्थित सिएसएल र युनिभर्सिटी अफ क्विन्सल्यान्डले विकास गरिरहेको भ्याक्सिनको ५ करोड १० लाख डोज किन्ने निर्णय गरेको थियो। सरकारले अब अन्य खोपको अर्डर गर्नुपर्ने भएको छ।
तर खोप निर्माताहरुले भने एचआइभि टेस्टमा ‘फल्स पोजिटिभ’ नतिजा आएको भन्दै परीक्षणमा सहभागीमा कुनै स्वास्थ्य खतरा नभएको प्रष्ट पारेका छन्। अस्ट्रेलियन सरकारले अक्स्फोर्ड र एस्ट्राजेनेकाको खोपको अर्डर भने कायमै रहेको जनाएको छ।
यस्तै,
सिएसएल र क्विन्सल्यान्ड विश्वविद्यालयद्वारा विकसित गरिएको खोपले प्रभावकारी रुपमा एन्टिबडीज निर्माण गरेको दाबी गरिएको थियो। तर यसले परीक्षणका सहभागीमा एचआइभी एन्टिबडिज पनि बनाएको पाइयो। खोप निर्माता कम्पनीले यसलाई ‘फल्स पोजेटिभ’ भनेका छन्। थप परीक्षण गर्दा एचआइभी नपाइएको कम्पनीको भनाइ छ।
कम्पनीले समस्या समाधान गर्न कम्तीमा पनि एक वर्ष लाग्ने जनाएको छ। स्वास्थ्यमन्त्री ब्रेन्डेन मर्फीले कुनै समस्या नआओस् भन्ने आफूहरुले चाहेको र फल्स पोजेटिभ रिपोर्ट आउँदा केही भ्रम सिर्जना हुने र आत्मविश्वासमा कमी देखिने बताए।