विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ लाख ८८ हजार नाघ्यो
एजेन्सी, २६ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७ लाख नाघेको छ ।
गत वर्ष डिसेम्बरमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म ७ करोड ७ लाख भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् ।
वर्ल्ड मिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर संक्रमितको संख्या ७ करोड ७ लाख २० हजार ८ सय १२ पुगेको छ ।
यस्तै हालसम्म विश्वभर संक्रमितको संख्या १५ लाख ८८ हजार ४ सय ३८ पुगेको छ भने हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ४ करोड ९१ लाख ४८ हजार ९ सय ६६ जना स्वस्थ भइसकेका छन् ।
कोरोनाका कारण विश्वमा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ । अमेरिकामा मात्रै हालसम्म कोरोना भाइरसका कारण १ करोड ६० लाख ३९ हजारभन्दा धेरै संक्रमित भइसकेको छन् भने २ लाख ९९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
यस्तै अमेरिकापछि भारतमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । वर्ल्ड मिटरको तथ्यांक अनुसार भारतमा हालसम्म ९७ लाख ९६ हजारभन्दा बढी संंक्रमित भइसकेका छन् भने एक लाख ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
भारतपछि ब्राजिलमा ६७ लाख ७८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ७९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।