फाइजरले विकास गरेको खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिन अमेरिकी विज्ञको सुझाव



Download our app to get more features

बीबीसी, २६ मंसिर । अमेरिकी स्वास्थ्य वैज्ञानिकहरुले फाइजरले बनाएको कोरोना विरुद्धको खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिन सरकारलाई सुझाव दिएका छन् ।

अमेरिकी सरकारको एउटा सल्लाहाकार प्यानलले फाइजर–बायोएनटेकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपलाई आपातकालिन स्वीकृतिका लागि सिफारिश गरेको छ । बिहीवार लामो समयसम्म भएको छलफलपछि वैज्ञानिकहरुले खोपको सम्भावित फाइदाले यसको जोखिमलाई कम गर्न सक्छ भन्दै अनुमति दिन सरकारलाई भनेको हो ।
 
अमेरिकी खाद्य र औषधि प्रशासन (एफडीए) का खोप र सम्बन्धीत जैविक उत्पाद सल्लाहाकार समिति (भीआरबीपीएसी) ले फाइजर र बायोएनटेकद्वारा विकसित खोपको  सिफारिश गर्नका लागि मतदान गर्न भनेको छ ।

भीआरबीपीएसीका सदस्य र बाल रोग विषेशज्ञ अस्पताल फिलाडेल्फियाका खोप विशेषज्ञ पल अफिटले फाइजर–बायोएनटेकको खोपमा स्पष्ट लाभ छ र अर्को तर्फ हामीसँग सैद्धान्तिक जोखिम रहेको बताए । 

फाइजर र बायोएनटेकले बनाएको खोप यसअघि बेलायतमा लगाउनका लागि अनुमति दिइसकेको छ र मानिसलाई लगाउन पनि सुरु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts