भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख नजिक, ९२ लाख ९० हजारभन्दा बढी स्वस्थ
भारत, २६ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख नजिक पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ३४ हजार ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख ९६ हजार ९ सय ९२ पुगेको छ ।
कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावि मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४ सय ८७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४२ हजार २ सय २२ पुगेको छ ।
यस्तै भारतमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ९२ लाख ९० हजार १ सय ८८ जना स्वस्थ भएका छन् भने भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६४ हजार ५ सय ८२ रहेको छ ।