चीनले दुबईमा परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको नतिजा सार्वजनिक

मध्यम र गम्भीर बिरामीमा ८६ प्रतिशत खोप प्रभावकारी भएको दावी



Download our app to get more features

एजेन्सी, २४ मंसिर । चीनले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको नतिजा सार्वजनिक गरेको छ ।

चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना विरुद्धको खोप ८६ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ । सिनोर्फामले संयुक्त अरब इमिरेट्समा गरेको खोपको परीक्षणमा ८६ प्रतिशत सफल भएको पाईएको हो । संयुक्त अरब इमिरेट्समा गरिएको कोरोना विरुद्धको खोपको नतिजाबारे बुधवार जानकारी दिइएको हो ।

चिनियाँ खोपको प्रारम्भिक नतिजामा खोपले कोरोना भाइरस रोगसँग लड्नमा ८६ प्रतिशत प्रभावकारी भएको बताइएको छ । चीनले आफ्नो देश बाहेक बाहिर देशमा गरेको यो पहिलो परीक्षणको नतिजा हो । जसलाई सकारात्मक मानिएको छ । यसअघि अमेरिकी कम्पनी मोर्डना इन्कले बनाएको खोप ९४ प्रतिशत र फाइजर तथा बायो एनटेकले विकास गरेको खोप ९० प्रतिशत सफल भएको दावी गरेको छ ।

जसमा फाइजर र बायो एनटेकले बनाएको खोपको परीक्षण मंगलवारदेखि बेलायतमा सुरु भएको छ । जसको नतिजा आउन समय लाग्ने छ । बाहिर देशमा खोप परीक्षण गरेर नतिजा सार्वजनिक गर्नेमा चीन पहिलो मुलुक समेत बनेको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले सिनोफार्मको अन्तिम तथ्यांकलाई अद्यावधिक गरिएको र खोपले कोरोनासँग लड्नमा ८६ प्रतिशत सफल भएको बताएको छ ।

सिनोफार्मले विश्वका विभिन्न १० मुलुकमा आफ्नो खोपको परीक्षण गरिरहेको छ । बाँकी ९ मुलुकको नतिजा आउन बाँकी नै छ । सिनोर्फामको डाटा रिभ्यूमा खोपले कोरोना विरुद्धको रोगका गम्भीर र मध्यम प्रकृतिका बिरामीलाई बचाउनमा शत प्रतिशत सफल भएको पनि बताइएको छ । साथै अरब सरकारले खोपको कुनैपनि नकारात्मक प्रभाव नदेखिएको समेत उल्लेख गरेको छ ।

चीनले सिनोफार्मको खोप बाहेक थप तीन वटा खोपको परीक्षण अन्तिम चरणमा पु¥याएको छ । अमेरिकी स्वास्थ्य संस्थाहरु र विश्व स्वास्थ्य संगठनले परीक्षणको क्रममा ५० प्रतिशत खोपमा सफलता प्राप्त भयो भने त्यसलाई अनुमति दिने प्रावधान रहेको छ ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts