भारतको आन्ध्रप्रदेशमा अज्ञात रोगका कारण एक जनाको मृत्यु, ५ सयभन्दा बढी बिरामी
बीबीसी, २४ मंसिर । भारतको आन्ध्रप्रदेशमा अज्ञात रोगका कारण एक जनाको मृत्यु भएको छ । कोरोना महामारीकाबीच आन्ध्रप्रदेको पश्चिम गोदावरी जिल्लामा अज्ञात रोगको संक्रमण सुरु भएको र एक जनाको मृत्यु भएको बताइएको छ ।
अज्ञात रोगका कारण ५ सयभन्दा बढी मानिसहरु बिरामी भइसकेका छन् र सबै जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले लेखेको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार मानिसहरुमा छारे रोग, बेहोस हुनु र छाँडै निको हुनु जस्ता लक्षणहरु देखिएको छ ।
आन्ध्रप्रदेशको स्वास्थ्य मन्त्री ए के कृष्णा श्रीनिवासले प्रभावित भएकामध्ये ५ सय १० जनामध्ये ४ सय ३० जना बिरामी भएर उपचार पश्चात घर फर्कि सकेका छन् ।
अस्वस्थकर खाना र पानीका कारण मानिसहरुमा समस्या देखिएको अनुमान त्यहाँका स्वास्थ्यकर्मीहरुले गरेका छन् । साथै दिल्लीको एम्स अस्पतालबाट एक टोली आन्ध्रप्रदेश पुगेको छ । टिमको प्रारम्भिक नतिजामा मानिसहरुको रगतमा सीसा (लेड) भेटेको उल्लेख गरिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको पनि बताइएको छ ।