फाइजरले बनाएको कोरोना विरुद्धको खोप आजबाट बेलायती नागरिकलाई लगाइँदै
एजेन्सी, २३ मंसिर । विश्वभर फैलिएको कोरोना भाइरस विरुद्धको खोपलाई लिएर पछिल्लो समय सकारात्मक नजिताहरु आउन थालेको छ । विभिन्न कम्पनिहरुले कोरोना भाइरसको खोप ९० देखि ९७ प्रतिशतसम्म खोप सफल भएको दावी गरिरहेको छ ।
कोरोना भाइरस जस्तो महामारीको विरुद्ध विश्वका विभिन्न मुलुकहरुले खोपको क्लिनिकल परीक्षण गरिरहेका छन् त्यहि बेलायतमा आजदेखि नागरिकलाई खोप लगाउने काम सुरु हुँदैछ । अमेरिकी औषधि कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको रोल आउट आजबाट सुरु हुँदैछ ।
युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । खोप अभियानलाई लिएर प्रधानमन्त्री बोरिस जोनसनले संयुक्त राज्य अमेरिका वा यूरोपीय संघ भन्दा पहिले फाइजर र बायोएनटेक खोपको को रोल आउट गरेर यस रोग विरुद्ध एक अभियान सुरु हुने आशा जगाउने बताए ।
बेलायतले एक हप्ताभन्दा पनि कम समयमा आपातकालिन उपयोगका लागि कोरोना विरुद्धको खोपलाई अनुमति दिइसकेको छ र यसलाई आफ्नो राष्ट्रीय स्वास्थ्य सेवा (एनएचएस) को माध्यमबाट मानिससम्म पुर्याउने तयारी गरिहेको छ ।
बेलायतले फाइजर र बायोएनटेकलाई ४० मिलियन डोजको आदेश दिएको छ । प्रत्येक व्यक्तिलाई दुई डोजको आवश्यकता हुन्छ त्यसकारण २० मिलियन मानिसलाई खोपको डोज लगाउनका लागि पर्याप्त हुन्छ । लगभग ८ लाख डोज पहिलो हप्ताभित्र उपलब्ध हुने आशा गरिएका छ । खोप सबैभन्दा पहिले स्वास्थ्य सेवामा लागि रहेको मानिसलाई दिइने छ । त्यसपछि वृद्धवृद्धालाई खोपको डोज लगाइने छ ।
फाइजरले विकास गरेको कोरोना विरुद्धको खोप ९५ प्रतिशत सफल भएको दावी गर्दै अमेरिका र बेलायतमा परीक्षणका लागि स्विकृति मागेको थियो । बेलायत कोरोना विरुद्धको खोप मानिसमा लगाउनका लागि स्विकृति दिने विश्वकै पहिलो मुलुक हो ।