अमेरिकी अध्ययनको दावीः कोरोना भाइरस चीनबाट फैलिएको होइन



Download our app to get more features

एजेन्सी, २० मंसिर । आजभन्दा करिब एक वर्ष पहिले वैज्ञानिकहरुले कोभिड–१९ रोग फैलाउने Sars-CoV-2 कोरोना भाइरसको बारेमा त्यतिबेला पत्ता लगायो जब चीनको वुहानमा केहि मानिसहरु यसबाट संक्रमित भएको थाहा पाए । तर, एक नयाँ अध्ययनका अनुसार विश्वव्यापी महामारीको कारण बनेको यस भाइरसले त्योभन्दा धेरै नै पहिले मानिसलाई संक्रमित गरिसकेको थियो ।
 
अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्शन (सीडीसी) का वैज्ञानिकहरुद्वारा गरिएको यस अध्ययनको नतिजालाई क्लिनिकल इन्फेक्सियस डीजीज नामको पत्रिकामा प्रकाशित गरिएको छ ।

अहिलेसम्म प्राप्त जानकारीका अनुसार आधिकारिक रुपले वैज्ञानिकहरुलाई कोरोना भाइरसको बारेमा ३१ डिसेम्बर २०१९ मा त्यतिबेला जानकारी भेट्यो जब चीनको वुहानको हुबेई प्रान्तको स्वास्थ्य अधिकारिहरुले एउटा चेतावनी जारी गर्दै भन्यो की वुहानमा कुनैपनि यस्तो केस फेला परेको छैन जसमा निमोनियाको गम्भीर लक्षण होस् । अधिकारीहरुले त्यसलाई श्वास फेर्नसँग सम्बन्धी रोग भनेको थियो ।

तर, महामारी सुरु भएको ११ महिनापछि अब अध्ययनकर्ताहरु भन्छन् की, अमेरिकाको तीन राज्यमा ३९ यस्ता मानिसहरु छन् । जसको शरीरमा कोरोना भाइरसको एन्टीबडीज भेटेको छ । यो एन्टीबडीज चीनको कोरोना भाइरससँग सम्बन्धीत चेतावनी दिएको दुई हप्ता पहिले उनको शरीरमा देखि सकेको थियो ।

उसो त अमेरिकामा Sars-CoV-2 को पहिलो केस २१ जनवरी २०२० मा नै फेला परेको थियो ।  

के भन्छ अध्ययनको नतिजाले ?
यस अध्ययनका अनुसार अमेरिकामा १३ डिसेम्बर २०१९ देखि लिएर १८ जनवरी २०२० मा भएको रक्तदान कार्यक्रममा ७ हजार ३ सय ८९ जनाले रक्तदान गरेका थिए । त्यसमध्ये १ सय ६ जनाको रगतको नमूनामा कोरोना भाइरसको एन्टीबडीज भेटिएको थियो ।

कुनैपनि व्यक्तिको शरीरमा एन्टीबडीज भेटिनुको अर्थ हो की त्यो व्यक्ति भाइरसबाट संक्रमित भइसकेको छ र उसको रोग प्रतिरोधात्मक तन्त्रले त्यस भाइरससँग लड्नका लागि एन्टीबडीज बनाई सकेको छ ।

क्यालिफोर्निया, ओरेगन र वाशिंगटनमा १३ देखि १६ डिसेम्बरकाबीच लिइएको रगतको नमूनामा ३९ जनामा कोरोना भाइरसको एन्टीबडीज पाइयो ।

अध्ययनका अनुसार ६७ वटा नमूना जनवरीको महिनामा म्यासाचुसेट्स, मिशिगन, रोड आइल्याण्ड र भिस्कन्सिनमा जम्मा गरिएको थियो । ती राज्यमा महामारीको प्रकोप बढ्नुभन्दा धेरै नै पहिले मानिसमा एन्टीबडी विकास भइसकेको थियो ।

प्रायःजसो मानिसहरु यस भाइरसको सम्पर्कमा आएका थिए र उनीहरु पुरुष थिए । जसको उमेर औसतमा ५२ वर्ष थियो ।
 
अध्ययनकर्ताहरुका अनुसार, मानिसको शरीरमा पहिलेदेखि नै रहेको कुनै कोरोना भाइरस विरुद्धको एन्टीबडीज बनेको हुन सक्छ । अध्ययनका अनुसार प्रायःजसो मानिस जसमा एन्टीबडीज भेटिएको छ ती मध्ये केहिमा त्यो समय कोभिड–१९ को लक्षण पनि देखिएको थियो ।
 
अध्ययनकर्ताहरुका अनुसार अमेरिकामा ठूलो संख्यामा भाइरसको संक्रमण फरवरीको अन्तिम हप्तामा नै फैलिन सुरु भइसकेको थियो । तर, अहिलेसम्म भाइरसको उत्पत्तिलाई लिएर जुन जानकारीहरु दिइएको थियो त्यसमा यस अध्ययनपछि कुनै परिवर्तन आउँछ ? यो प्रश्न पनि अब उठेको छ ।
 
त्यसोभए भाइरस सबैभन्दा पहिले कहाँ पाइएको थियो ?
Sars-CoV-2 भाइरस सबैभन्दा पहिले कहाँ पाइएको थियो ? यस प्रश्नको उत्तर दिनु सायदै सम्भव हुन सक्छ ।
 
यस प्रकारका विभिन्न संकेतहरु देखिएको छ कि यो भाइरस डिसेम्बर २०१९ मा चीनको वुहानमा पाउनुभन्दा कैयौं हप्ता पहिले नै विश्व परिवेशमा थियो । तर, सीडीसीका अध्ययनकर्ताका अनुसार यस बारेमा निश्चित रुपले केहि भन्न सक्ने अवस्था छैन, की ती मानिसहरु आफ्नै देशमा संक्रमित भएका थिए वा यात्राको क्रममा भाइरसको चपेटामा आएका थिए ।
 
ब्लड डोनेशन कार्यक्रमको आयोजन गर्ने संस्था रेड क्रसले जुन मानिसहरुको नमूना जम्मा गरिएको थियो तीमध्ये मात्र ३ प्रतिशत मानिसले हालैमा विदेशको यात्रा गरेको बताएको उल्लेख गरेका थिए । यस्तै ५ प्रतिशत मानिसले भनेका थिए की उनीहरुले एशियाली मुलुकको यात्रा गरेको थिए ।

योभन्दा पहिले पनि केहि अध्ययनमा चीनले चेतावनी दिनुभन्दा पहिले नै अन्य मुलुकका मानिसरुमा कोरोना भाइरसको संक्रमण देखिएको प्रमाण फेला परेको थियो ।
 
यसैवर्ष मे महिनामा फ्रान्सका वैज्ञानिकहरुले भनेका थिए, २७ डिसेम्बरमा पेरिस नजिकै एक व्यक्तिको उपचार शांकास्पद निमोनिया भनेर गरिएको थियो । जो कोरोना भाइरसबाट संक्रमित थिए ।
 
यस्तै विभिन्न मुलुकमा अध्ययनकर्ताहरुले सीवरको पानीको नमूनामा पनि कोरोना भाइरसको छाप फेला परेको बताएका थिए । जुन महामारी घोषणा हुनु धेरै नै अगाडी भेटिएको थियो ।
 
इटली र स्पेनमा पनि वैज्ञानिकहरुले सीवरको पानीको नमूनामा कोरोना भाइरसको छाप भेटेको बताएका थिए । 

उसो भए के वुहानको पशु बजारबाट फैलिएको होइन कोरोना भाइरस ?
Sars-CoV-2 को बारेमा हालसम्म एउटा तथ्य फेला पर्न सकेको छैन की जनवारबाट मानिसमा कसरी कोरोना भाइरस सरेको छ ? 

जानकारहरुका अनुसार अहिलेसम्म महामारीको केन्द्र वुहानको पशुबजारलाई मानिँदै आएको छ । जहाँ जीवित र मृत जंगली जनावरमा भाइरस हुन्छ । त्यो यसकारण किनकी शुरुवाती क्रममा संक्रमणको जुन केस दर्ता गरिएको थियो, तीमध्ये ठूलो संख्यामा यसै बजारसँग जोडिएका मानिसहरु थिए । तर, यस विषयलाई लिएर अध्ययनकर्ताहरुले भनेका छन् की, यो अहिलेसम्म अनिश्चित छ । कि यो भाइरस त्यहाँको एक व्यक्तिबाट अर्को व्यक्तिको शरीरमा कसरी फैलिस सुरु भयो ।
 
चीनको वुहानमा डाक्टरहरुद्वारा गरिएको एक अध्ययनका अनुसार त्यहाँ कोरोनाको पहिलो केसको पहिचान डिसेम्बरको पहिलो तारिकमा गरिएको थियो र यसको सम्बन्ध पशु बजारसँग थिएन । यो अध्ययन मेडिकल जर्नल ल्यासेन्टमा प्रकाशित गरिएको थियो ।

केहि जानकारहरु भन्छन्, की महामारी फैलाउन सक्ने क्षमता राख्ने भाइरस, बिना पहिचान भइ महिनोसम्म संसारमा रहोस् त्यो सम्भव छैन । तर, सम्भव छ की, उत्तर गोलार्धमा विशेष गरी जाडो मौसमको क्रममा यो भाइरस पहिचानमा आएको होस् र पहिलेदेखि नै मानिसलाई संक्रमित पनि गरिरहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts