भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९० लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, १९ मंसिर । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ९१६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै भारतमा संक्रमण मुक्त हुनेको संख्या ९० लाख १६ हजार २८९ पुगेको छ।

संक्रमण पुष्टि हुनेको संख्या भने घट्दै गइरहेको छ। एएनआइका अनुसार शुक्रवार थप ३६ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको हो। यससँगै भारतभर संक्रमितको संख्या ९५ लाख ७१ हजार ५ सय ५९ पुगेको छ। 
भारतमा कोरोना संक्रमणको अवस्था बढ्दै गइरहेको बताइएपनि परीक्षण घट्दा संक्रमितको संख्यामा कमी आइरहेको बताइन्छ।

यस्तै, थप ५ सय ४९ जना संक्रमितको मृत्यु भएको छ। शुक्रवार बिहानसम्मको तथ्याकंका अनुसार संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १ सय ८८ पुगेको छ।

हाल भारतमा ४ लाख १६ हजार ८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts