कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो, ४ करोड ५३ लाखभन्दा बढी स्वस्थ



Download our app to get more features

एजेन्सी, १९ मंसिर । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ ।

गत वर्ष डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप  १२ हजार ४ सय १० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ११ हजार १ सय १ पुगेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मात्रै २ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै ब्राजिलमा १ लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने भारतमा एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण ६ करोड ५५ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ४ करोड ५३ लाखभन्दा बढी स्वस्थ भइसकेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts