कोरोनाको खोप १२ देखि १७ वर्षका बालबालिकामा परीक्षण गरिदै
अल्जजीरा, १८ मंसिर । मोर्डनाले कोरोना खोपको क्लिनिकल परीक्षण बालबालिकालाई पनि गर्ने योजना बनाएको छ ।
२८ दिनभित्र २ डोज दिनेगरि ३ हजार बालबालिकालाई परीक्षण गर्ने तयारी गरेको मोर्डनाले जनाएको छ । क्लिनिकल परीक्षणमा १२ देखि १७ वर्षउमेरका बालबालिकालाई समावेश गरिनेछ ।
यसै हप्ता बेलायतले फाइजरको खोप आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । अनुमति दिएसँगै बेलायत आममानिसमा खोप प्रयोग गर्ने पहिलो देश बनेको छ। अमेरिकी कम्पनीले मोर्डनाको खोप ९४ प्रतिशत सुरक्षित रहेको प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको ।
फाइजरले १२ वर्षउमेरसम्मका बालबालिकामा परीक्षण सुरु गरिसकेको छ जसको नतिजा आउन बाँकी छ । यस्तै एस्ट्राजेनेकाको खोप पनि क्लिनिकल परीक्षणकै क्रममा छन् जसले बालबालिकालाई पनि क्लिनिकल परीक्षणमा सहभागि गराउने उल्लेख गराएको छ ।
वयस्कको तुलनामा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेकाले न्यून संख्यामा बालबालिकालाई कोरोना संक्रमण भएको छ ।
एक वर्षअघि देखि सुरु भएको कोरोना महामारीबाट विश्वमा ६ करोड ५० लाख मानिस संक्रमित भएका छन् भने १५ लाख मानिसको मृत्यु भएको छ ।