कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १४ लाख ९९ हजारभन्दा बढी



Download our app to get more features

एजेन्सी, १८ मंसिर । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नजिक पुगेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा विश्वभर कोरोना संक्रमणका कराण १२ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ लाख ९९ हजार १ सय ७५ पुगेको छ ।

कोरोना संक्रमणका कारण विश्वकै सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा हालसम्म २ लाख ७३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिलमा हालसम्म कोरोनाका कारण एक लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने एक लाख ३८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यस्तै विश्भवर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ करोड ४८ लाख नाघेको छ । 

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख २२ हजार ४ सय ४० जना संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमित हुनेको संख्या ६ करोड ४८ लाख ३४ हजार ९ सय ५१ पुगेको छ ।

हालसम्म कोरोनाका कारण्ण संक्रमित भएकामध्ये ४ करोड ४९ लाख पाँच हजार ८ सय ५१ जना स्वस्थ भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts