विश्वभर संक्रमितको संख्या ६ करोड ३७ लाख नाघ्यो
एजेन्सी, १७ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३७ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड ३७ लाख ५८ हजार ८ सय ८५ जना संक्रमित भएकाछन् ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ४ सय ५२ पुगेको छ। त्यस्तै भारतमा ९४ लाख ६२ हजार ८ सय ९, ब्राजिलमा ६३ लाख ८६ हजार ७ सय ८७ र रुसमा २३ लाख २ हजार ६२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ७८ हजार ४५ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ७० हजार ४ सय ८१ , ब्राजिलमा १ लाख ७३ हजार ८ सय १७, मेक्सीकोमा एक लाख ५ हजार ९ सय ४०, बेलायतमा ५९ हजार १ सय ४८, इटालीमा ५६ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ ।
विश्वभर चार करोड ९ लाख ४६ हजार ३ सय ६२ जना संक्रमणमुक्त भएका छन्।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५७ लाख १२ हजार ३ सय ५, अमेरिकामा ५२ लाख २६ हजार ५ सय ८१, रुसमा १७ लाख ८७ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएका छन्।