एड्स पत्ता लागेको ३९ वर्षः अहिलेसम्म पनि किन फेला परेन ठोस खोप ?



Download our app to get more features

एजेन्सी, १६ मंसिर । ३३ औं विश्व एड्स दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । ३९ वर्ष अघि देखिएको एड्सका कारण सन् २०२० को जुनसम्म २ कराडे ६ लाख नयाँ बिरामी फेला परेका छन् ।

एड्स एक यस्तो खतराक रोगमध्येको एक हो जसको आजसम्म कुनैपनि खोप बन्न सकेको छैन । वैज्ञानिकहरुका अनुसार एन्टी रेट्रोभाइरल थेरापी र औषधिको माध्यमबाट एड्सको प्रभावलाई कम गर्न सकिन्छ । तर, संक्रमणको चपेटमा आइसकेपछि जरैदेखि समाप्त गर्ने औषधि कसैसँग पनि छैन । वैज्ञानिकहरुलाई १९८० मा पहिलो पटक एड्सको बारेमा पत्ता लागेको थियो । तर, ३९ वर्ष बितिसके पनि वैज्ञानिकहरुलाई यसको कुनै पनि खोप पत्ता लाग्न सकेको छैन । 

१९८४ मा अमेरिकाको हेल्थ एन्ड ह्यूमन सर्भिस विभागले भनेको थियो कि, दुई वर्ष भित्र यसको खोप तयार गरिसक्छौं । तर, अनेक प्रयासका बाबजुद विभागलाई असफलता मात्रै प्राप्त भयो । उसो त खोप नभएपनि यसको रोकथामले एड्स निकै हदसम्म नियन्त्रणमा आएको छ । एड्सको खोपमा वैज्ञानिकका सामने रहेका केही चुनौतीका बारेमा जानौंः

१. एचआईभीमा इम्यूनको रिस्पोन्सः खोप विकास गर्नेहरु भन्छन् की, मानिसको शरीरमा रोगसँग लड्न सक्ने इम्यून सिस्टम एचआईभी भाइरसको विरुद्ध प्रतिक्रिया दिँदैन । रोगीको शरीरमा इम्यून एन्टीबडी उत्पादन त गर्छ तर त्यो केवल रोगको गतिलाई कमजोर बनाउँछ र त्यसलाई रोक्न पाउँदैन।

२. इम्यूनमाथि खराब रिएक्शनः एचआईभीको सम्पर्कमा आइसकेपछि बिरामी निको हुनु लगभग  असम्भव नै छ । एचआईभीमाथि इम्यूनको कुनै रिएक्शन नदेखिने कारणले वैज्ञानिक खोप बनाउन सक्दैनन् । जसले शरीरमा एन्टीबडीको उत्पादन भएको नक्कल गर्न सकोस ।

३. डीएनएमा लुकेको भाइरस : शरीरमा एचआईभी संक्रमण फैलिने एक लामो अवधि हुन्छ । यस क्रममा भाइरस मानिसको डीएनएमा लुकेर रहन्छ । शरीरको लागि डीएनएमा लुकेको भाइरसलाई खोजेर त्यसलाई नष्ट गर्न कठिन काम हुन्छ । खोपको मामिलामा पनि यस्तै हुन्छ ।

४. नष्ट भइसकेको भाइरसः खोप बनाउनका लागि प्रायः जसो कमजोर वा नष्ट भइसकेको भाइरसको प्रयोग गरिन्छ । तर, एचआईभीको हकमा नष्ट भइसकेको भाइरस शरीरमा इम्यूनलाई राम्रो तरिकाले रिस्पोन्स गर्न पाउँदैन । यस भाइरसको कुनैपनि जीवित रूपको प्रयोग पनि निकै  खतरनाक मानिन्छ ।

५. भाइरसको प्रकृतिः प्रायः जसो खोप यस्तो भाइरसले मानिसको सुरक्षा गर्छ । जुन रेस्पिरेटरी र ग्यास्ट्रो–इन्टसटाइनल सिस्टमबाट प्रवेश हुन्छ । जबकि एचआईभीको संक्रमण यौनाङ्ग वा रगतको माध्यमबाट शरीरमा फैलिने गर्छ ।

६. जनावरको मोडेलः जनावरमाथि परीक्षण गरेपछि मात्रै कुनैपनि खोप मानिसका लागि तयार गरिन्छ । तर, दुर्भाग्यवश एचआईभीका लागि जनावरको कुनैपनि मोडेल छैन । जसको आधारमा मानिसका लागि एड्सको खोप तयार गर्न सकिन्छ ।
 
७. रूप परिवर्तन गरिरहन्छ एचआईभीः एचआईभी भाइरस निकै नै तीव्र गतिमा रूप परिवर्तन गर्ने गछए । जबकि भ्याक्सिन भाइरसको एक विशेष रूपलाई मात्रै लक्षित गरेर बनाउन सकिन्छ । भाइरसको रुप बदल्नासाथ त्यसमाथि खोपको असरले काम गर्न बन्द गरिदिन्छ । यी सबैका कारण आजसम्म एचआईभीको खोप तयार गर्न सकिएको छैन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts