विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या साढे ६ करोड नाघ्यो
एजेन्सी, १६ मंसिर । विश्वभर फैलिएको कोरोना महामारीका कारण सङ्क्रमितको सङ्ख्या साढे ६ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर थप ४ लाख ८८ हजार २ सय ९८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
गत डिसेम्बर ३१ मा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना सङ्क्रमणका कारण हालसम्म विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ६ करोड करोड ३५ लाख ६९ हजार ८ सय ९१ पुगेको छ ।
वल्र्डमिटरको तथ्याङ्क अनुसार सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा मात्रै हालसम्म कोरोना भाइरसका कारण एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।
यस्तै, भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९४ लाख नाघेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा विश्वभर थप ८ हजार २ सय ४२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १४ लाख ७३ हजार ४ सय ७ पुगेको छ ।
हालसम्म विश्वभर ४ करोड ३९ लाख ५२ हजार ७ सय १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने हाल विश्भवर १ करोड ८१ लाख ४३ हजार ७ सय ७२ सक्रिय सङ्क्रमित रहेका छन् ।