म्याराडोनाको मृत्यु चिकित्सकको लापरबाहिले भएको आशंकामा छानबिन सुरु



Download our app to get more features

आर्जेन्टीनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले छानबिन थालेका छन् ।

उनका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन् ।

केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो ।

म्याराडोनाका छोरीहरूले आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै बयान दिएका थिए ।

त्यसपछि आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने प्रयास गरेको छ ।

करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए भने २० जना उनको क्लिनिकमा पुगेका थिए । म्याराडोनाका अन्तिम दिनहरूबारे प्रस्टता खोजिरहेका अभियोजनकर्ताहरूले उक्त छापा मार्न निर्देशन दिएका थिए ।

ती अधिकारीहरूले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेका छन् ।

कस्तो लापरबाही ?
म्याराडोनाको ६० वर्षको उमेरमा गत बुधवार हृदयाघातका कारण निधन भएको थियो । 

त्यसअघि उनको मस्तिष्कको सफल शल्यक्रिया भएको थियो। तर, शल्यक्रियापश्चत् निवासमा तङ्ग्रिन आवश्यक सुविधा पर्याप्त नभएको आशङ्का गरिएका छन् ।

दुर्व्यसनमा लागेकाहरूको विशेष निगरानी गर्न सक्षम नर्सहरूलाई २४ घण्टा खटाइएको थियो कि थिएन अनि चिकित्सक तथा एम्बुलेन्सको उपलब्धता थियो कि थिएन भनेर छानबिन गरिँदैछ ।

एउटा भावुक प्रेस सम्मेलनमा उनका चिकित्सक लुक रोएका थिए र आफूले मित्रको ज्यान जोगाउन हरसम्भव उपाय गरेको बताएका थिए ।

लुकमाथि हालसम्म कुनै अभियोग भने लगाइएको छैन ।

Last modified on 2020-11-30 08:18:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts