के कोरोना संक्रमणले दाँतमा पनि समस्या हुन्छ ? यस्तो छ वास्तविकता



Download our app to get more features

एजेन्सी, १४ मंसिर । विश्वभर फैलिएको कोरोना महामारीको विषयमा हालसम्म कुनैपनि ठोस कारण, लक्षण, संकेत पत्ता लाग्न सकेको छैन । एकदमै नयाँ र फरक भाइरस भएका कारण वैज्ञानिकहरुले यसको लक्षण यहि नै हो भनेर यकिनका साथ भन्न सकिरहेका छैनन् । हरेक समय नयाँ नयाँ लक्षणका साथ देखा परिरहेको कोरोना भाइरसलाई लिएर डाक्टरहरुले पनि चेतावनी दिएका छन् । 

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार डाक्टरहरुले कोरोना भाइरसले मानिसको दाँतमा पनि असर पारिरहेको नयाँ लक्षण फेला पारेका छन् । जसले मानिसको दाँतमा निकै नै खराब असर पारिरहेको छ । रिपोर्टका अनुसार कोभिड–१९को चपेटामा आएका केहि मानिसहरुमा गिजा कमजोर हुने र दाँत झर्ने समस्या देखिन थालेको छ । यी घटनापछि के वास्तविक रुपमै कोरोना भाइरसले दाँतमा प्रभाव पारिरहेको छ भनेर वैज्ञानिकहरु खोजमा जुटेका छन् ।

न्यूयोर्ककी ४३ वर्षीय फराह खेमिलीले ब्रेथ मिन्ट आफ्नो मुखमा राखेपछि तल्लो दाँतमा झनझनाहट महसूस गरेको बताइन् । आफ्नो दाँतलाई छोएर हेर्दा दाँत हल्लिन थालेको थियो । शुरुको क्रममा  खैमिलीलाई लागेको थियो की ब्रेथ मिन्टका कारण यस्तो भएको हो तर कारण अरु नै नरहेको थियो । 

भोलि पल्ट बिहान उनको दाँत झरेर हातमा आयो । तर, दाँत झरेपछि उनको दाँतबाट न त रगत आयो न त दुखाई नै भएको थियो । खैमिली केहिदिन अघि मात्रै कोरोना भाइरसको चपेटामा आएकी थिइन् । 

उसो त अहिलेसम्म यसको कुनै ठोस प्रमाण फेला परेको छैन की कोरोना संक्रमणले दाँत झर्ने या टूटने समस्या हुने गर्छ । तर, एक अनलाई सपोर्ट ग्रुपमा विभिन्न मानिसहरु फेला परे । जसमा कोरोना   संक्रमणपश्चात दाँत झर्ने र गिजामा सेन्सटिभिवटीको अनुभव आदान प्रदान गरेका थिए । केही दन्त रोग विशेषज्ञले पर्याप्त तथ्यांक बिनै कोभिड–१९ दाँतसँग सम्बन्धीत लक्षणका कारण हुन सक्ने बताउँछन् ।
 
युनिभर्सिटी अफ उटाहका पिरियडन्टिस डा. डेविड ओकानोका अनुसार कुनैपनि व्यक्तिको दाँतमा अकस्मात सकेटभन्दा बाहिर आउनु निकै आश्चार्यजनक हो । दाँतसँग सम्बन्धीत यो समस्या अझ खतरनाक हुन सक्छ । यस रोगबाट निको भइसकेपछि पनि मानिसमा लामो समयसम्म यसको असर रहिरहन्छ ।

यता केहि दन्त चिकित्सकहरु र वैज्ञानिकहरुले यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताउँछन् । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्शनको २०१२ को एक प्रतिवेदन अनुसार ३० वर्ष वा त्योभन्दा बढी उमेरका ४७ प्रतिशत मानिसलाई पीरियडेन्टल डिजीज, गिजामा इन्फेक्शन–इनफ्लेमेशन र दाँतको वरिपरिको हड्डि कमजोर हुने समस्या हुन सक्छ ।

रिपोर्टका अनुसार कोरोनाको चपेटामा आउनुभन्दा पहिले पनि खैमिलीको दाँतमा समस्या हुने गर्थ्यो । जब कोरोना पछि उनी चिकित्सक कहाँ गइन् उनलाई डाक्टरले दाँतमा कुनैपनि संक्रमण नभएको बतायो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts