डा.रंगीनाको नेतृत्वमा ब्लुक्रस हस्पिटलमा गरियो ४ किलो सिस्टको सफल शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १३ मंसिर । ब्लू क्रस हस्पिटलमा बिना चिरफार झन्डै ४ किलो सिस्टको सफल शल्यक्रिया गरिएको छ ।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रंगीना लाईकमबमको नेतृत्वमा ४ किलो सिस्टको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

दुरबिनको सहायताबाट गरिने ल्याप्रोस्कोपिमार्फत् एक महिलाको ४ किलो तौल बराबरको डिर्मोइड सिस्टको सफल शल्यक्रिया गरेको अस्पतालले बताएको छ ।

स्वास्थ्य जगतमा यो शल्यक्रिया एउटा उदाहरणको रुपमा स्थापित भएको अस्पतालको दावी छ ।

करिब ९ महिनाको गर्भमा रहेको बच्चामा हुने तौल बराबरको उक्त सिस्टलाई कुनै चिरफार बिना नै ल्याप्रोस्कोपि प्रविधिबाट शल्यक्रिया गरि एकै दिनमा बिरामी आफ्नो दैनिकीमा फर्कन सक्ने हस्पिटलको भनाइ छ ।

केल युनिभर्सिटी जर्मनीबाट अध्ययन गरि विषेशज्ञता हासिल गरेकी डा. रंगीनाले पहिलो पटक यस प्रविधिबाट उपचार गरेकी हुन् ।

Last modified on 2020-11-28 09:00:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts